३० जेष्ठ २०७८, आईतवार   242 पटक हेरिएको


image

साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली आएको छ । लगानीकर्ताको उत्साहितले बजार  बढ्दा कारोबार रकम  हाल सम्म कै उच्च कारोबार रकम १९ अर्ब ५५ करोड़ १ लाख ६६ हजार ६ सय ३६ रुपैयाँको कारोबार भएको  छ ।

नेप्से परिसूचक २९८३.१० विन्दुमा पुग्दा आज  ३८.३२ अंकले बढेको नेप्सेले जनाएको छ । आज कारोबार समय भर २ सय २० वटा कम्पनीको  ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर कारोबार भएको छ ।

आज आइसीएफसी फाईनान्स , कर्णाली डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट कम्पनी, समृद्धि फाइनान्स कम्पनी,  सिन्धु विकास बैंकका लगानीकर्ता ले कमाएका छन भने त्यसैगरी नेपाल इन्सुरेन्स, ग्लोबल आईएमई लघुबित्त, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर, मिर्मिरे लघुवित्त आदि कम्पनीका लगानिकर्ताको सेयर मूल्यमा भने गिरावट देखिएको छ ।

त्यसैगरी अरुण भ्याली हाइड्रो , लुम्बिनी विकास बैंक , नेशनल हाइड्रोपावर ,नेपाल पुनर्बीमा कम्पनी आदिका शेयर कारोबार धेरै भएको थियो ।





सम्बन्धित समाचार