
शिखर इन्सुरेन्स र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अनुमति मागेका छन्।
शिखर इन्सुरेन्स र एक्सेल डेभलपमेन्ट बैंक दुवैले चुक्तापुँजीको ३० प्रतिशत अर्थात (१०:३) को हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ। हकप्रद निष्कासनको अनुमति को लागी शिखरले इन्सुरेन्सले गते जेठ २५ गते र एक्सेल डेभलपमेन्ट बैंकले जेठ २७ गते धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

शिखर इन्सुरेन्स ले कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रदका लागि अनुमति मागेको छ। यो १०० अंकित दरले कुल ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको हुन आउँछ। साथै एक्सेल डेभलपमेन्ट बैंकले २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको छ। यो १०० अंकित दरको कुल २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँबराबरको हुन आउँछ।
यी दुई वटा कम्पनी शिखर इन्सुरेन्स र एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।