
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ७,५०,००० कित्ता ऋणपत्र जारी गर्ने भएको छ । सो ऋणपत्रको बिक्री खुल्ला आगामी असार ६ गतेदेखि हुने भएको छ। बैंकले ७,५०,००० कित्ता को रु.७५ करोड रुपैयाँ बराबरको ऋणपत्र “सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७” नामक ऋणपत्रको निष्कासन गर्न लागेको हो। यो ऋणपत्र छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिने जनाएको छ। यस ऋणपत्र १० बर्ष अबधि ,वार्षिक ९% ब्याजदर भएको ऋणपत्र प्रति कित्ता रु. १००० दरमा बिक्री गर्न लागेको हो ।
ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा ३ लाख कित्ता सम्म खरिद आवेदन दिन सकिनेछ।कुल निष्कासन हुने ७ लाख ५० हजार कित्ता मध्ये ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ३ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनका माध्मयबाट बिक्री गरिनेछ। सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका कित्ता मध्ये ५%(१५,०००कित्ता) भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ। यस बैंकको ऋणपत्रका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
एनआईसि एसिया बैंक लिमिटेडले असार ६ गतेबाट ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ। ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नियामक निकाय नेपाल धितोपत्र बोर्ड(SEBON)ले गत यही जेठ २० गते एनआईसि एसिया बैंकलाई ‘८.५% एनआईसि एसिया डिबेन्चेर–२०८७’ नामक ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो।
बोर्डको अनुमतिसँगै बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्न लागेको हो । एनआईसि एसिया बैंकले निष्कासन गर्ने यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ। यो ऋणपत्र लगानीकर्ताहरुले वार्षिक ८.५%ब्याज पाउनेछन्। यो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ।