PalikaExpress
३० जेष्ठ २०७८, आईतवार
470 पटक हेरिएको

आइएमई लाईफ इन्सुरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा जेठ ३१ गते हुँदैछ ।उक्त साधारण सभा काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
यस सभाले आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै यस सभाले, आ.व. २०७५/७६ लेखापरीक्षण प्रतिवेदन सहित नाफा–नोक्सान हिसाब, नगदप्रवाह विवरण ,वासलात तथा अन्य बिभिन्न एजेण्डाहरुमाथि पनि छलफल गरी पारित गर्नेछ । सभाले आ.व. २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

यसै सभाले साधारण शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीले ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । शेयर जारीको लागी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति प्राप्त भए पछि साधारण शेयर जारी गर्नेछ ।