२७ जेष्ठ २०७८, बिहीबार   56 पटक हेरिएको


image

साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार १.८० अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ मा पुगेको छ । नेप्से ०.०६ प्रतिशतले घटेको हो । कूल २२० वटा कम्पनीको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब १० करोड ४ लाख १२ हजार ४ सय ३६  रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बिहीबार  कमाऊने कम्पनीहरुमा  पाँचथर कम्पनी लिमिटेड,शिब श्री हाईड्रो , ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, बरूण हाईड्रोपावर आदि कम्पनी रहेको छ भने लगानिकर्ताले गुमाऊने कम्पनीहरुमा बोर्टलर्स नेपाल ,रु रु जलबिधुत ,हिमालयन जनलर इन्सुरेन्स ,यूनाईटेड इन्सुरेन्स कम्पनी आदि रहेको छ ।

त्यसगरी आज सबै भन्दा बढ़ी कारोबार भएको कम्पनीहरुमा जलबिधुत लगानी तथा बिकाश कम्पनी ,नेपाल पुनर्बीमा कम्पनी,लुम्बिनी बिकाश बैंक आदि रहेको छ ।





सम्बन्धित समाचार