PalikaExpress
२७ जेष्ठ २०७८, बिहीबार
612 पटक हेरिएको

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको विशेष साधारण सभा आज जेठ २७ गते सम्पन्न भएको छ । सभाले सिटिजन्स बैंक र सिर्जना फाइनान्सबीच प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरेको छ ।
सभाले सिटिजन्स बैंक र सिर्जना फाइनान्सबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको पारित गरेको छ। सभाले प्राप्ति पश्चात सिर्जना फाइनान्सको १००(१:०.९५) कित्ता बराबर सिटिजन्स बैंकको ९५ कित्ता सेयर स्वाप रेसियो हुने गरी सेयर मूल्य अनुपात कायम गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
अब सिर्जना फाइनान्सका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९५ कित्ता सेयर पाउने भएका हुन् ।त्यसैकारण,सो कम्पनी प्राप्ति पश्चात सिटिजन्स बैंकको पूँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।