२७ जेष्ठ २०७८, बिहीबार   150 पटक हेरिएको


image

जलबिधुत लगानी तथा बिकास कम्पनी लिमिटेड (HIDCL) ले जारी गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज जेठ २७ अन्तिम दिन रहेको छ ।कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । 

त्यसकारण , आज जेठ २७ गते गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।कम्पनीले १:१ अर्थात् १ बारबार १ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा  ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट  अनुमति पाइसकेकोले जारी गर्न लागेको हो ।यस  कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 





सम्बन्धित समाचार