२६ जेष्ठ २०७८, बुधबार   510 पटक हेरिएको


image

आज बुधबार सेयर बजारमा भने दोहोरो अंकको गिरावट देखिएको छ । बुधबार कारोबारमा नेप्से ३००५.६२ को विन्दुमा पुगेर पुनः कारोबार बन्द हुने समयमा   दोहोरो अंकले घटेर २९४६.५८ विन्दुमा पुगेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.५६ अंकले घटेर २९४६.५८ मा पुगेको छ ।

नेप्से ०.४६ प्रतिशतले घटेको हो । कूल २२१ वटा कम्पनीको ३ करोड १३ लाख ५४ हजार  २२ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७ सय ३  रूपैयाँ बराबरको कारोबार भएको  नेप्सेले जनाएको छ ।

बुधबार सर्वाधिक कारोबार हुने  कम्पनीहरूमा अरूण भ्याली हाईड्रोपावर कम्पनी लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड  आदि कम्पनी रहेका छन् ।

सर्वाधिक नाफा कमाउने  कम्पनीहरूमा नेपाल लाईफ इन्सुरेन्स, युनाइटेड मोदी हाईड्रोपावर, रिडी हाईड्रोपावर, अरूण भ्याली हाईड्रोपावर, सिइडिबी हाईड्रोपावर, बरूण हाईड्रोपावर आदि कम्पनी रहेका छन् ।

आज सर्वाधिक गुमाउने  कम्पनीहरूमा युनाइटेड इदी मर्दी, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक आदि रहेका छन् ।





सम्बन्धित समाचार