२६ जेष्ठ २०७८, बुधबार   350 पटक हेरिएको


image

नियामक निकाय नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई  ऋणपत्र निष्कासनको अनुमति दिएको छ।बोर्डले नबिल बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न यही जेठ ११ गते अनुमति दिएको हो।

बोर्डको अनुमतिसँगै नबिल बैंकले १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ‘नबिल डिबेन्चर २०८५’ निष्कासन गर्ने भएको छ। बैंकले कुल कित्ता मध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।यो ऋणपत्रको अवधि ७ वर्षको रहेको छ। यसमा लगानीकर्ताहरुले ८ % वार्षिक ब्याज पाउनेछन्।

ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ। नबिल बैंकको यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार