२६ जेष्ठ २०७८, बुधबार   108 पटक हेरिएको


image

फरवार्ड माइक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ ।संस्थाले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाममा रहेको ३ लाख ९४ हजार ६ सय ३४.४६ कित्ता सेयर लिलामीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य ८५० रुपैयाँ तोकिएको छ । त्यसैले यस कम्पनीको शेयरमा लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सो भन्दा बढी मूल्यमा  अंकित गरी पेश गर्नुपर्नेछ ।उक्त सेयर असार ३ गतेदेखि असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरमा जो कोहि व्यक्ति तथा संघ संस्थाले सेयरको खरीद गर्न बोलपत्र आबेदन पेश गर्न सक्नेछं ।उक्त शेयरको बिक्री प्रवन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।शेयर खरीदकर्ताले न्यूनतम १००० कित्ता र अधिकतममा कुनै हद नलाग्ने जनाएको छ ।





सम्बन्धित समाचार