२६ जेष्ठ २०७८, बुधबार   280 पटक हेरिएको


image

प्रभु बैंक लिमिटेडले जेठ ११ गते देखि निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्रको आवेदन दिने आज जेठ २६ गते अन्तिम दिन रहेको छ । प्रभु बैंक लिमिटेडले  ४० लाख कित्ता  ऋणपत्र बिक्रीको लागी जारी गरेको हो  । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको सो ऋणपत्र जारी गर्न लागेको हो ।

२४ लाख इकाई बैंकले बिभिन्न संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी १६ लाख  कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ । सो कित्ता मध्य ५ % अर्थात् (८०००० कित्ता सामूहिक लगानी कोष) को लागी छुट्टाईएकोमा २,५०० कित्ता बाड़फाड़ गरी बाँकी १५,९७,५०० कित्ता सर्ब साधारणलाई बिक्री बितरण गरीने छ ।  बैंकले सो  ऋणपत्र जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरी छिटोमा जेठ १६ गते सम्म तोकिएकोमा समय सीमा भित्र बिक्री नभएकोले जेठ २६ गते सम्म आवेदन खुल्ला गरेको हो ।

सो ऋणपत्र १० वर्ष अवधि तथा  वार्षिक ८.५% ब्याजदरको   ‘प्रभु बैंक डिबेन्चर २०८७’ नामक जारी गर्न लागेको हो । उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख कित्ता सम्म आवेदन दिन सकिनेछ ।

लगानिकर्ताले सो  ऋणपत्र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एप मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ । उक्त ऋणपत्रको निष्काशन तथा  बिक्री प्रबन्धक मेगा क्यापिटलले गर्ने जनाएको छ ।





सम्बन्धित समाचार