२५ जेष्ठ २०७८, मंगलवार   137 पटक हेरिएको


image

नेपाल स्टक एक्सचेन्जमा आज जेठ २५ गते  मंगलबारबाट सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर  सूचीकृत भएको छ ।कम्पनीको ८३ लाख ९४ हजार एक सय कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएकोहो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३८.७९ रुपैया देखि अधिकतम ४१६.३७ रुपैयाँ सम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले वैशाख १७ गते देखि वैशाख २१ गतेसम्म १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर  निष्कासन गरेको थियो । जसमध्ये २ % कर्मचारीका लागि, ५ % सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियो । गोलाप्रथाद्वारा गरिएको वितरणमा २ लाख ३४ हजार १ सय ९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यसमध्ये  ४ जनाले भने ११ कित्ता शेयर पाएका थिए । 





सम्बन्धित समाचार