२५ जेष्ठ २०७८, मंगलवार   232 पटक हेरिएको


image

एनआईसि एसिया बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ। ३  अर्ब रुपैयाँ बराबरको ऋणपत्र नियामक निकाय नेपाल धितोपत्र बोर्ड(SEBON)ले गत यही जेठ  २० गते एनआईसि एसिया बैंकलाई ‘८.५% एनआईसि एसिया डिबेन्चेर–२०८७’ नामक ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो।

बोर्डको अनुमतिसँगै बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्न लागेको हो ।  एनआईसि एसिया बैंकले निष्कासन गर्ने यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ। यो ऋणपत्र लगानीकर्ताहरुले वार्षिक ८.५%ब्याज पाउनेछन्। यो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज  क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार