२४ जेष्ठ २०७८, सोमबार   111 पटक हेरिएको


image

डा. हेमराज कोइराला

कागती हिमाल, पहाड, तराई जहाँ कहिँ पनि पाईने फल हो। अमिलो बर्गको फलफुलमा पर्ने यो फल पौष्टिकताको दृष्टिले अति महत्वपुर्ण मानिन्छ। अचार, तरकारी दाल सर्वत लगायत अन्य थप्रै परिकारको गहनाको रूपमा परिचित यो फलले स्वास्थ्य को दृष्टि ले विशेष महत्व राख्दछ। कागती भिटामिन ‘सी’ को उपयुक्त र सर्वसुलभ श्रोत हो। यो फल खाने गरेमा यसले तौल घटाउन ठूलो सहयोग पुरयाउँदछ । कागतीमा भयको भिटामिन ‘सी’ प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्दछ। रक्तसञ्चारसँग जोडिएका समस्या, मधुमेह, आँखाको समस्याबाट बच्न पनि कागतीले महत्वपुर्ण भूमिका खेल्दछ। विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।

१ . कागतिमा प्रसस्त पाईने भिटामिन ‘सी’ ले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउदछ ।

२. कागती स्वादमा अमिलो भएपनि यसको अमीलोले शरीरलाई कुनै हानी गर्दैन। कागती पानी को नियमित सेवनले शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।

३. कागतीमा पेक्टिन फाइबर धेरै हुने भएकाले ठुलो-आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्दछ। कागतीमा शक्तिशाली एन्टिब्याक्टेरियल गुण पनि छ ।

४. बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विजातीय द्रव्य निष्काशनमा सहयोग पुग्छ ।

५ . कागती पानीले पाचन क्रियालाइ पनि मजवुत वनाउन सहयोग गर्दछ ।

६ . कागती क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत हो ।

७ . कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

८. रुघाखोकीको उपचारमा पनि कागती पानीले फाइदा पुर्याउदछ।

९. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरूलाई स्वस्थ राख्न पनि कागतीले विशेष भूमिका अदा गर्दछ।

१० . कागतीले युरिक एसिडलाई समन गर्न मद्धत गर्दछ।

११. कगतिले रक्ताचाप नियन्त्रण गर्न मद्धत गर्दछ।

१२ . कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

१३ हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । मृगौलाको पत्थरी झार्न सहयोग गर्दछ ।

१४. कागती पानीको नियमित सेवन ले बढेको तौल घटाउन पनि मद्धत गर्दछ।

१५. छालाका दाग धब्बा हटायर छाला लाइ चम्किलो बनाऊदछ।

१६. मुखको दुर्गन्ध नाश गर्दछ । छालालाई चम्किलो बनाउदछ ।

१७. असमायिक बुढ्यौली हुन दिदैन ।

१८. कलेजो, मृगौला र रगतलाई सफा गर्दछ ।

१९. पिएको केही समयमानै शक्ति प्रदान गर्दछ ।

२०. तनाब, चिन्ता र उदाशिनता कम गर्न मदत गर्दछ ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर—१, वागीश्वरी, चितवनका मेडिकल डाइरेक्टर हुन्





सम्बन्धित समाचार