२४ जेष्ठ २०७८, सोमबार   244 पटक हेरिएको


image

आउँदो असार १ गते बाट बिद्यालयहरु खुल्ने भएका छन ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु गर्न  निर्देशन दिएका छन् । हिजो जेठ २३ गते शिक्षामन्त्री श्रेष्ठको अध्यक्षतामा मन्त्रालय र अंतर्गतका अधिकारीहरु सहभागी भएको बैठकमा शैक्षिक क्षेत्रका समसामयिक बिषय बस्तुहरुको समीक्षा गरेका थिए  ।

सोही कार्यक्रममा  शिक्षामन्त्री श्रेष्ठले असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिएका हुन् । कोभिड–१९ का कारण चालु शैक्षिकसत्र जेठसम्म लम्ब्याइए पनि  नयाँ सत्र असार १ गतेदेखि हुने पूर्व निर्धारण गरिएकामा अधिकांश जिल्लामा अहिले सम्म निषेधाज्ञा जारी नै रहेको छ ।

हरेक बर्ष वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिकसत्रलाई यस वर्ष कोभिड–१९ का कारण प्रभावित दुई महिना थप गरेर व्यवस्थापन गर्न लागिएको हो ।वैकल्पिक माध्यमबाट सम्भव नभएका स्थानमा कसरी कक्षा सञ्चालन गर्ने भन्ने अन्योल भने कायमै छ । विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहको भएकाले कक्षा सञ्चालनको मिति आफू अनुकूल हुन सक्ने भएपनि राष्ट्रियरुपमा कुन मितिदेखि शैक्षिकसत्र गणना गर्ने भन्ने केन्द्र सरकारले तय गर्दै आएको छ ।

उक्त कार्यक्रममा माननीय मन्त्रीज्यूले चालु शैक्षिकसत्रको बालबालिकाको सिकाई उपलब्धिको उपयुक्त बिधि र प्रकृया का आधारमा मूल्याकंन गर्ने ब्यबस्था गर्न ,समयमै बिद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन आबश्यक प्रबन्ध मिलाऊन र स्थिति सामान्यीकरण नभए सम्मको अवस्थामा बैकल्पिक बिधिबाट शैक्षिक कार्यक्रमहरु अगाडी बढ़ाऊन निर्देशन दिनु भएको थियो ।





सम्बन्धित समाचार