२४ जेष्ठ २०७८, सोमबार   132 पटक हेरिएको


image

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड SWBBL ले आज जेठ २४ गते बाट  संस्थाले कुल १ लाख ९० हजार ६५० कित्ता संस्थापक शेयर लिलामीमा राखेको हो।यो लिलामी बिक्रीको शेयरमा अहिले भईरहेको संस्थापक वा जो कोही व्यक्ति, कम्पनी र संघ संस्था आदिहरुले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

आजबाट लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५१ रुपैयाँ तोकिएको छ। खरीद्कर्ताले   बोलपत्र पेस गर्दा  सोही न्यूनतम मूल्य वा सो भन्दा बढी बोल कबोलमा गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा शेयर संख्याका लागि कुनै हद नलाग्ने  जनाएको छ। यो लघुवित्तको शेयर बिक्रीको लागी बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ भने लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।बोलपत्र पेस गर्ने अन्तिम मिति असार २७ गते बैंकिङ समयसम्म तोकिएको छ।





सम्बन्धित समाचार