PalikaExpress
२३ जेष्ठ २०७८, आईतवार
1173 पटक हेरिएको

नागरिक लगानी कोष (CIT) ले यही जेठ २१ गते बसेको कोष संचालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैठकले वार्षिक साधारणसभा आउँदो असार १८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौमा २ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १७.८९४७% लाभांश पारित गर्नेछ। जसमा ९% बोनस सेयर र बाँकी ८.८९४७% नगद लाभांश (कर प्रयोजन सहित) रहेका छन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनाले कोषले आउँदो असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस कोषद्वारा प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुन असार ७ गतेसम्म सेयरधनी कायम हुनुपर्ने छ।