२३ जेष्ठ २०७८, आईतवार   141 पटक हेरिएको


image

नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडले  साधारण शेयर निष्कासन गर्न लागेको हो ।यस लघु बित्तको   साधारण सेयर निष्काशनको लागी कम्पनीले  रेटिङ सम्पन्न गरेको छ ।यस लघु बित्त संस्थाको साधारण सेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार कित्ता साधारण शेयर  निष्कासन गर्न लागेको हो । कम्पनीले हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भने निवेदन पेश गरेको छैन । नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरि त्यहाँबाट स्वीकृती पाएपछि आईपीओ निष्कासन गरिनेछ । संस्थाले यसअघि नै साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।





सम्बन्धित समाचार