२३ जेष्ठ २०७८, आईतवार   278 पटक हेरिएको


image

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा भोली जेठ २४ गते सोमबार बिहान ११ बजे, सिन्धुपाल्चोकमा हुने भएको छ ।

यस कम्पनीको सभाले विन लघुवित्त कम्पनी संग एकापसमा गाभिने प्रस्तावमा  छलफल गरी पारित गर्ने तथा एकापसमा गाभिने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको सेयर अनुपातलाई पारित गरी तथा मर्जर सम्बन्धि प्रस्ताव पारित पनि यसै सभाले गर्नेछ ।

त्यसैगरी सञ्चालक समितिको तर्फबाट आ. व. २०७६/७७ को वार्षिक प्रतिवेदन तथा बिभिन्न बित्तीय बिबरण  उपर छलफल गरी पारित गर्ने, आ.व. २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव रहेका छन् ।





सम्बन्धित समाचार