२२ जेष्ठ २०७८, शनिबार   254 पटक हेरिएको


image

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड (SIL)को १९ औँ वार्षिक साधारण सभा जेठ २८ गते काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीले जनाएको छ।

कम्पनीको संचालक समिति को १७३ औ  बैठक गत जेठ ५ गते को  सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १५.७८९४% लाभांश वितरण गर्ने पारित गर्नेछ।

जसमा ३.७८९४%ले हुन आउने नगद लाभांश (लाभांश करसहित) र १२%ले हुन आउने बोनस सेयर रहेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गरेको छ। त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्। 





सम्बन्धित समाचार