२१ जेष्ठ २०७८, शुक्रबार   712 पटक हेरिएको


image

नबिल बैंक लिमिटेड को संचालक समिति को ५६५ औ बैठक र युनाइटेड फाइनान्स लिमिटेडको संचालक समितिको २६२ औ बैठकको निर्णय अनुसार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।सो  प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न दुवै कम्पनीले एकै दिन विशेष साधारणसभा आह्वान गरेका छन् । कम्पनीहरुले असार ५ गते विशेष साधारण सभा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरु हुने भएको छ । विशेष साधारण सभाको लागी दुवै कम्पनीले जेठ २८ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । त्यसै कारण  जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाऊने छन् ।

कम्पनीको विशेष सभाले युनाइटेड फाइनान्सलाई नबिल बैंकले १००: ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकको प्रबन्धपत्र संशोधन ,काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न कम्पनी सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।





सम्बन्धित समाचार