२१ जेष्ठ २०७८, शुक्रबार   576 पटक हेरिएको


image

नियामक निकाय नेपाल धितोपत्र बोर्डको पत्रानुसार नेपाल स्टक एक्सचेञ्जमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ ।

यस हाईड्रो पावर कम्पनीले वित्तीय विवरणहरू सार्वजनिक नगरेको भन्ने पत्र प्राप्त भएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरू पेश गरेको नपाइएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (घ) मा भएको व्यवस्था बमोजिम  जेठ २० गते बाट धितोपत्र रोक्का गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 





सम्बन्धित समाचार