२० जेष्ठ २०७८, बिहीबार   228 पटक हेरिएको


image

पूर्वराजा ज्ञानेन्द्र शाहले आफूहरुको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्नु हुने देश भित्र र बाहिर सबै नेपाली प्रति आभार व्यक्त गरेका छन् । पूर्ब रानी कोमल राज्य लक्ष्मीदेवी पनि सँगै बसेर भिडियो मार्फत जारी सन्देशमा पूर्व राजा शाहले आफूहरुको स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने देश भित्र र बाहिर रहेका सबै नेपाली प्रति आभार व्यक्त गरेका हुन् ।

पूर्व राजा शाहले सन्देश मा भनेका छन  ‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ । तर देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य  सहयोगको खाँचो छ ।’ उनले अग्र पंक्तिमा रहेर महामारी वि’रुद्ध दिनरात खटिरहेकाहरुलाई धन्यवाद दिएका छन् ।

उक्त भिडियो सन्देशमा भनिएको छ, ‘अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तामा हामी अन्तर आत्मा देखि धन्यवाद दिन चाहन्छौँ ।’ पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिले महामारीबाट जोगिन सबैलाई आग्रह गरेका छन्। पूर्वराजा शाहले आफूहरूको स्वास्थ्य लाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गर्दै आम नेपालीलाई स्वास्थ्य रहन आग्रह गरेका छन् ।

उक्त भिडियो सन्देशमा भनिएको छ, महामारीबाट जोगिनका लागि सावधानी अपनाउन पनि आग्रह गरेका छन्। हाल सं’क्रमण भइ उपचारको क्रममा रहेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामनासँगै को’भिड–१९ का कारण नि’धन भएकाहरुको चीर शा’न्ति र उनिहरुको परिवारजनमा धैर्य धारणको शक्ति दिन पशुपतिनाथसँग प्राथना गरेका छन् साथै प्राप्त सहयोगको लागि उनले अन्तराष्ट्रिय जगतलाई पनि धन्यवाद दिएका छन्।





सम्बन्धित समाचार