२० जेष्ठ २०७८, बिहीबार   308 पटक हेरिएको


image

को’रोनाको कारण १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्य सम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् ।

स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयन बारे आयोजना गरेको भर्चुअल माध्यम जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आआफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।

गत १९ महिनादेखि रोकिएका स्नातक तह पहिलो वर्षका परीक्षाहरूको रुटिङ असार १५ बाट प्रकाशित गर्ने त्रि.वि.को तयारी छ । साउन अन्त्यसम्म सबै परीक्षा सकिन्छ। उनले परीक्षाहरू डिन कार्यालयसँग सम्बन्धित भए उक्त कार्यलयले अनुकूल विधि प्रयोग गरी परीक्षा लिने र परीक्षा केन्द्रसँग सम्बन्धित भए अनुकूल वैकल्पिक विधि अपनाएर परीक्षा सञ्चालन गर्न निर्देशन गरिएको छ।





सम्बन्धित समाचार