१९ जेष्ठ २०७८, बुधबार   270 पटक हेरिएको


image

चितवन जिल्लामा सं’क्रमणको दर र जोखिम नघटेपछि पुनः जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आदेश जारी गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोली जेठ २०  बिहीवार रातिबाट सकिंदैछ । कोरोना सं’क्रमण दर घट्दै गएपनि जिल्लामा सं’क्रमणको  जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासनले निषेधाज्ञाको अवधि थप गरिएको जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारीबाट कोभिड सं’क्रमण रोकथामका लागि सबै नागरिकलाई निषेधाज्ञाको पूर्ण पालना गरी सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।बिहीवारबाट लागू हुने निषेधाज्ञामा काठमाण्डौ तथा देशका बिभिन्न भू-भागमा जस्तै  खाद्यवस्तुका पसलको हकमा भने केही खुकुलो गरिएको छ ।





सम्बन्धित समाचार