१९ जेष्ठ २०७८, बुधबार   557 पटक हेरिएको


image

अपि पावर कम्पनी लिमिटेडले भोलि जेठ २० गते बिहीबारबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गर्दैछ । जेठ २० गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले १:०.२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।  त्यसैले, बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

यस कम्पनीको हकप्रद शेयरमा  लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी लिमिटेडको केन्द्रिय कार्यलय, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था साथै मेरो सेयर एपबाट पनि आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार