१९ जेष्ठ २०७८, बुधबार   832 पटक हेरिएको


image

इमर्जिङ्ग नेपाल लिमिटेडले साधारण शेयर गर्ने भएको छ ।सो कम्पनीले जारी गर्न लागेको शेयरको रेटिङ सम्पन्न गरेको छ ।कम्पनीको साधारण सेयर  लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको  समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

यस कम्पनीले ५ लाख ५५ हजार ६ सय कित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको साधारण सेयर  निष्कासन गर्दैछ । नियामक निकाय नेपाल धितो पत्र बोर्ड (सेबोन)मा निवेदन  पेश गरी त्यहाँबाट स्वीकृती भए पछि कम्पनीले साधारण सेयर  निष्कासन गर्नेछ ।यस कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।





सम्बन्धित समाचार