१९ जेष्ठ २०७८, बुधबार   558 पटक हेरिएको


image

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड

मनकामना स्मार्ट लघुबित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । संस्थाको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ५ करोड २२ लाख रुपैया बराबरको ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । संस्थाले साधारण शेयर  निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । संस्थाको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।





सम्बन्धित समाचार