१८ जेष्ठ २०७८, मंगलवार   119 पटक हेरिएको


image

शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा शिखर इन्सुरेन्स कम्पनी लिमिटेडका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।

कम्पनीको गत  चैत्र ९ गते काठमाण्डौ सम्पन्न भएको १५ औ  तथा १६ औ  वार्षिक साधारण सभाले चुक्ता पूँजीको ३०% प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २७.५५रुपैया र प्रतिसेयर नेटवर्थ २१०.९४ रुपैया रहेको छ । 





सम्बन्धित समाचार