१८ जेष्ठ २०७८, मंगलवार   332 पटक हेरिएको


image

कोरोना महामारीबाट  रोकिएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) यस पटक पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ। यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो साल जस्तै यस पालि पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको हो ।

यो निर्णय गरे संगै अब विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । सोही पठाईएको विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ ।





सम्बन्धित समाचार