१८ जेष्ठ २०७८, मंगलवार   340 पटक हेरिएको


image

राधी विद्युत कम्पनी लिमिटेड RADHI ले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यो कम्पनीको हकप्रद शेयर जारी गर्ने निर्णय सार्वजनिक गरे सँगै कम्पनीको सेयरमूल्यमा बृद्धि देखिएको छ । यस कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्नो सेयरधनीहरूलाई ३६.५ प्रतिशत बोनस सेयर वितरण गरे पश्चात् कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको यस हकप्रद आगामी १५ औ बार्षिक साधारण सभा पेश गर्ने गरी निर्णय गरेको छ । यस बिषम परिस्थितिलाई मध्य नजर गर्दै बार्षिक साधारण सभा यथाशीघ्र गर्ने निर्णय गरेको छ । शेयर बजारमा हकप्रद जारी गर्ने बिषय बाहिर आए पछि बजार यस कम्पनीको मूल्य उलेख्य बृद्धि भएको छ ।





सम्बन्धित समाचार