१८ जेष्ठ २०७८, मंगलवार   157 पटक हेरिएको


image

जलबिधुत लगानी तथा बिकाश कम्पनी लिमिटेड (HIDCL) ले सतप्रतिशत हकप्रद सेयर निष्कासनको लागि बुक क्लोजको मिति तय गरेको छ।यस HIDCL कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले हकप्रद सेयर निष्कासनका लागि आगामी जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

लगानीकर्ताले जेठ २७ गतेसम्म कायम सेयरधनीहरुले  मात्र यो कम्पनीको हकप्रदमा आवेदन दिनका लागि योग्य हुनेछन्। यस कम्पनीको लागी नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत जेठ ९ गते सत प्रतिशत १:१ हकप्रद निष्कासनको अनुमति दिएको थियो। कम्पनीले अब ११ अर्ब रुपैयाँको हकप्रद निष्कासन गर्नेछ।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयरधनीहरुका लागि जारी गर्नेछ। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ। 





सम्बन्धित समाचार