१७ जेष्ठ २०७८, सोमबार   941 पटक हेरिएको


image

राष्ट्रिय वाणिज्य बैंकले २५ लाख कित्ता यही जेठ २५ गते बाट जारी गर्ने भएको छ। २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र नियामक निकाय नेपाल धितोपत्र बोर्ड(SEBON)ले गत वैशाख २२ गते राष्ट्रिय वाणिज्य बैंकलाई ‘८.५% आरबीबीएल डिबेन्चेर–२०८३’ नामक ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो। यस बैंकको  सो ऋणपत्र जेठ २८ बैंकिंग समय सम्म आबेदन दिन सकिने जनाएको छ र उक्त समय सम्म सबै  ऋणपत्र बिक्री नभए असार ८ गते सम्म बिक्री खुल्ला हुनेछ ।

बोर्डको अनुमतिसँगै बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र निष्कासन गर्न लागेको हो ।  राष्ट्रिय वाणिज्य बैंकले निष्कासन गर्ने यो ऋणपत्रको कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाँकी १० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ। यो ऋणपत्र ६ वर्ष अवधिको हुनेछ। लगानीकर्ताहरुले वार्षिक ८.५%ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।यो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार