PalikaExpress
१६ जेष्ठ २०७८, आईतवार
528 पटक हेरिएको

साताको पहिलो कारोबारको दिन आईतबार नेप्से परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको छ। परिसूचक १२.५४ अंकले बढेर २८२७.९३ को विन्दुमा कायम भएको छ ।आज कारोबार समय भर २ सय १९ वटा कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २८ करोड ४ लाख ३२ हजार २ सय ४५ रुपैयाँ को शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरुमा नेशनल हाईड्रोपावर ,अरुण काबेली पावर,यूनाईटेड मोदी हाईड्रो ,बुटवल पावर आदिको सर्वाधिक कारोबार भएको छ ।

आज कमाउने कम्पनीहरुमा ज्योति विकास बैंक ,आंखू खोला जल बिधुत ,घलेम्दी हाइड्रो गुडविल फाईनांस आदिका लगानीकर्ताले कमाएका छन् भने वरुण हाईड्रो पावर ,हिमालयन ऊर्जा ,मिथिला लघु बित्त ,माउन्टेन हाइड्रो आदिका लगानीकर्ताले गुमाएका छन् ।
