१६ जेष्ठ २०७८, आईतवार   1169 पटक हेरिएको


image

जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा-१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर को’रोना सं’क्रमणदर बढ्दै गए पछि एसइई र कक्षा-१२ को परीक्षा स्थगित गरिएको थियो।

को’रोना सं’क्रमण बढेकोले स्थगित एसइई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने र  कक्षा-१२ को परीक्षा भौतिक उपस्थिति मै हुने भएको छ। शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा भौतिक रूपमा (बिद्यार्थी स्वमं उपस्थित )परीक्षा गर्ने निर्णय गरेको हो।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एसइई परीक्षा भने वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरेको जानकारी दिएका छन । उहाका अनुसार कक्षा-१२ को तत्काल नभएपनि  परीक्षा साउन वा भदौ महिनामा उपयुक्त समयमा सञ्चालन गरिनेछ। यसका लागि पाठ्यक्रम संशोधन गरि परीक्षा हुने बताऊनु भएको छ ।





सम्बन्धित समाचार