PalikaExpress
१६ जेष्ठ २०७८, आईतवार
353 पटक हेरिएको

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था(NMFBS) ले आज जेठ १६ गते बाट ८० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । यस माईक्रोफाइनान्सको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकेर बिक्री गर्न लागेको हो। लगानिकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यस लघु बित्तको शेयरमा लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यस कम्पनीको शेयर गर्न लगानीकर्ताले आऊदो जेठ ३० गते भित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल काठमाडौँ आवेदन दिनु पर्नेछ ।