PalikaExpress
१५ जेष्ठ २०७८, शनिबार
783 पटक हेरिएको

सामलींग पावर कम्पनीले सर्ब साधारणका लागी साधारण शेयर निष्कासन गर्ने भएको छ । यस हाइड्रो पावरको शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रुपैयाँ बराबरको १२,३०,००० लाख कित्ता निष्काशन गर्ने भएको हो ।

शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत माघ ०५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको गरेको छ । धितो पत्र बोर्डले त्यस संग सम्बंधित थप कागज़पत्र गत फागुन ०२ कम्पनीलाई पेश गर्न आह्वान गरेको थियो । यस पावर कम्पनीको साधारण शेयरको बिक्री प्रबन्धकको नेपाल SBI मर्चेन्ट बैंकिंग लिमिटेडले गर्ने जनाएको छ ।