१४ जेष्ठ २०७८, शुक्रबार   267 पटक हेरिएको


image

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्ड(SEBON)ले गत वैशाख २२ गते राष्ट्रिय वाणिज्य बैंकलाई ‘८.५% आरबीबीएल डिबेन्चेर–२०८३’ नामक ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो।

बोर्डको अनुमतिसँगै अब राष्ट्रिय वाणिज्य बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ अबको केही दिन पछि ऋणपत्र निष्कासन गर्नेछ।  राष्ट्रिय वाणिज्य बैंकले निष्कासन गर्ने यो ऋणपत्रको कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाँकी १० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ। यो ऋणपत्र ६ वर्ष अवधिको हुनेछ। लगानीकर्ताहरुले वार्षिक ८.५%ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।यो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार