१३ जेष्ठ २०७८, बिहीबार   178 पटक हेरिएको


image

काठमाडौं, आज साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १.२० प्रतिशतले घटेर २८१५.३९ को विन्दुमा कायम भएको छ ।आज कारोबार समय भरमा २१५ वटा कम्पनीको ४ करोड १८ लाख १३ हजार ९ सय ९४ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४ सय ९२  रुपैयाँको शेयर कारोबार भएको छ ।

आज साताको अंतिम दिन बिहीबार अहिले सम्मको धेरै अर्थात् १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४ सय ९२   रूपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपी पावर कम्पनी , अरुण काबेली हाईड्रोपावर ,चिलिमे हाईड्रो पावर,यूनाईटेड मोदी हाईड्रोपावर कम्पनी आदिको सर्वाधिक शेयर कारोबार भएको छ ।

त्यस्तैगरी आजको कारोबारमा खानी खोला हाईड्रोपावर, नेपाल हाईड्रो डेभलपर्स , युनाईटेड मोदी हाईड्रोपावर ,अरुण काबेली पावरका लगानीकर्ताले कमाएका छन भने आजको कारोबारमा लघुबित्तको शेयर मूल्यमा गिरावट आएको छ जसमा समता लघुवित्त , मेरो माईक्रोफाइनान्स ,NMB लघु बित्त , NIC ASIA लघु बित्त कम्पनीको शेयरमा लगानीगर्ने लगानीकर्ताले गुमाएका छन ।





सम्बन्धित समाचार