१३ जेष्ठ २०७८, बिहीबार   253 पटक हेरिएको


image

लुम्बिनी जनरल इन्सुरेन्स LGIL को लाभांश सुरक्षित गर्ने जेठ १३ गते आज अन्तिम दिन रहेको हो । लुम्बिनी जनरलले ५% बोनस सेयर र ५% नगद गरी कुल १०% लाभांश प्रस्ताव पारित गर्दैछ । यस कम्पनीले जेठ २८ गते वार्षिक साधारण सभा मार्फत लाभांश प्रस्ताव पारित गर्दैछन् ।कम्पनीको  सभा जेठ २८ गते भर्चुअल माध्यमबाट हुनेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि शुक्रबार जेठ १४ गते नै बुक क्लोज गर्ने भएकाले बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

त्यसै गरी सिद्धार्थ इन्सुरेन्स SIL को लाभांश सुरक्षित गर्ने बिहीबार जेठ १३ गते आज अन्तिम दिन रहेको छ । कम्पनीको बार्षिक साधारण सभा र लाभांश प्रयोजनका लागि शुक्रबार जेठ १४ गते  बुक क्लोज गर्ने भएकाले बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । सिद्धार्थ इन्सुरेन्सले पनि सभामा १२% बोनस सेयर र ३.७८% नगद गरी कुल १५.७८% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले जेठ २८ गते बस्ने वार्षिक साधारण सभामार्फत लाभांश प्रस्ताव पारित गर्दैछन् । यस्तै सिद्धार्थको सभा पनि  भर्चुअल माध्यमबाट काठमाडौंमा हुनेछ । 





सम्बन्धित समाचार