
बिभिन्न बैंकहरुले अहिले ऋणपत्र बिक्री गरिरहेको समयमा माछापुछ्रे बैंक MBL ले ३० लाख कित्ता ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले यो ऋणपत्र बिक्री तथा निष्काशनको लागी गत बैशाख १५ नेपाल धितो पत्र बोर्डमा निबेदन दिएको हो ।

यस मध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ भने बाँकी रहेको १८ लाख कित्ता भने बैंकले अन्य बिभीन्न संघसंस्थालाई बिक्री गर्नेछ । यस बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेंट बैंकिंग लिमिटेड ले गर्नेछ ।
ऋणपत्र शेयर बजारमा धेरै जोखिम लिन नचाहने लगानीकर्ताको लागी उचित हुने शेयर बजारसंग जानकारहरु बताऊछन , किन भने यस्मा निश्चित प्रतिशतमा ब्याज भुक्तान गरिन्छ ,जसले शेयर बजारमा आएको उतारचढ़ाव मा भाग लिनू पर्दैन ।