१२ जेष्ठ २०७८, बुधबार   304 पटक हेरिएको


image

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड

मनकामना स्मार्ट लघुबित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । संस्थाको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ५ करोड २२ लाख रुपैया बराबरको ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । संस्थाले साधारण शेयर  निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता धारण शेय रनिष्कासन गर्ने भएको छ । संस्थाको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्ब साधारणको लागी साधारण शेयर जारी गर्ने भएको छ ।यस लघु बित्तीय कम्पनीले सर्ब साधारणको लागी  ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण शेयर  निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि वैशाख १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । यस लघु बित्त कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारण शेयर जारी गर्ने भएको छ ।यस लघुबित्त कम्पनी नेष्डोले ८ करोड़ २८ लाख ७५ हजार रुपैया बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयर जारी गर्न लागेको हो । यसको लागी कम्पनीले  ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सो सम्बन्धमा नेष्डो र ग्लोबल आइएमई क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता हालै सम्पन्न भएको छ ।

सो सम्झौतापत्रमा लघुवित्तको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका छन् । नेष्डो समृद्धको केन्द्रीय कार्यालय पर्वत जिल्लाको कुश्मा बजारमा रहेको छ । यसको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।





सम्बन्धित समाचार