१२ जेष्ठ २०७८, बुधबार   179 पटक हेरिएको


image

रिलायबल नेपाल लाईफ इन्सुरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।यस इन्सुरेन्स कम्पनीको जेठ १० गते बसेको संचालक समितिको निर्णयानुसार बार्षिक साधारण सभा असार ४ गते काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभामा संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितका अन्य अनुसूचीहरु माथी  छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, आ.व. २०७६/०७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । त्यसैगरी,यसै सभाले सर्वसाधारणलाई छुट्याइएको साधारण शेयर जारी गर्ने प्रस्तावलाई पारित गर्नेछ ।





सम्बन्धित समाचार