
आज मंगलबार नेपाल स्टक एक्सचेञ्जमा सामान्य अंकले घटेको छ । आज नेप्से ६.५० अंकले घटेर २८१६.५६ विन्दुमा पुगेको छ । आज कारोबार समय भरिमा २ सय १९ वटा कम्पनीको २ करोड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १ सय ८ रुपैया बराबरको कारोबार भएको छ ।

आज कारोबार समय भर धेरै कमाउने कम्पनीका लगानिकर्तामा बरुण हाइड्रोपावर, माउण्टेन हाइड्रो नेपाल, युनिभर्सल पावर कम्पनी, घलेम्दी हाइड्रो कम्पनी ,दिब्यश्वरी हाईड्रो पावरको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

त्यस्तै, आज मल्टिपर्पोज फाइनान्स कम्पनी,मितेरी डेभलप्मेंट बैंक ,नेपाल फाईनान्स ,सांग्रिला डेभलप्मेंट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण काबेली पावर कम्पनी , एशियन लाईफ इन्सुरेन्स ,जलबिधुत लगानी तथा बिकाश कम्पनी आदिको भएको छ ।
