११ जेष्ठ २०७८, मंगलवार   450 पटक हेरिएको


image

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको (५ बर्ष ) नागरिक बचतपत्र विक्री खुला गरेको छ । बैंकले ९ प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँको ‘नागरिक बचतपत्र २०८३’ नामक बचतपत्र बिक्री खुल्ला गरेको हो । उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ भने ६/६ महिनामा ब्याजदर प्राप्त हुने सो सूचना उल्लेख गरिएको छ । 

जारी बचतपत्रमा सर्वसाधारणले न्यूनतममा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्न पाउनेछन्  भने बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई रु.१० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइन्छ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइन्छ । बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ । यो बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्ने सक्नेछ ।नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागले आज जेठ ११ गतेदेखि असार १ गतेसम्मका लागि नागरिक बचतपत्र २०८३ बिक्री खुल्ला  गरेको हो ।उक्त बचतपत्र खरीद गर्न चाहने नेपाली नागरिकले आबेदन फारम निशुल्क प्राप्त गरी  बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालयहरू तथा वेबसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् ।





सम्बन्धित समाचार