११ जेष्ठ २०७८, मंगलवार   382 पटक हेरिएको


image

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर मा जारी निषेधाज्ञा पुनः एक हप्ता थप्ने तयारी भएको छ । को’रोना सं’क्रमण रोकथामका लागी देशका बिभिन्न स्थानमा  सं’क्रमण दर हेरी लगाउदै आएको निषेधाज्ञा काठमाडौं मा गत वैशाख १६ देखि जारी गरेको हो । अहिले जारी  निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदै छ भने संक्रमण दर बढ़ी नै रहेकाले थप एक साता निषेधाज्ञा लगाउने तयारी गरेको जानकारी रहेको छ । आज  मंगलबार दिउँसो बस्ने उपत्यकाका  तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने र निषेधाज्ञाबारे थप निर्णय गर्ने छ ।  

यसैगरी ,अब काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्नेलाई १ वर्ष कैद हुने भएको छ। जिल्ला प्रशासन काठमाण्डौले आजबाट को’भिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । त्यसैले निषेधाज्ञा उल्लंघन गरी सं’क्रमण बढ़ी रहेकोले अझै निषेधाज्ञा उल्लंघन नहोस भन्ने हेतु को’भिड–१९ संकट व्यवस्थापन अध्यादेश लागू गर्न लागेको हो । यो निर्णयअनुसार नयाँ अध्यादेशअनुसार नि’षेधाज्ञा उल्लंघन गर्दा १ वर्ष कैद, ५ लाख रुपैयाँसम्म जरिवाना  वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ।





सम्बन्धित समाचार