१० जेष्ठ २०७८, सोमबार   154 पटक हेरिएको


image

महिला सहयात्रा लघुवित्त कम्पनीको संचालक समितिको जेठ ९ गते १३४ औ बैठकको निर्णयानुसार आगामी जेठ २५ गते विशेष साधारणसभा आव्हान गरेको छ । संस्थाले केन्द्रीय कार्यालय मकवानपुरमा भर्चुअल माध्यम मार्फत गर्न लागेको हो । सभाले महिला सहयात्रा लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थासँग प्राप्ति हुने प्रस्तावलाई पारित गर्ने छ ।

दुई संस्थाबीच १००: ६८ अर्थात महिला सहयात्राको १०० कित्ता सेयर बापत नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता सेयर कायम गर्न अन्तिम स्वीकृति प्रदान गर्ने भएको छ । कम्पनीले सभा प्रयोजनको लागि संस्थाको आगामी जेठ १७ गते एक दिन बुक क्लोज को मितितय गरेको छ भने हाल कुनै लाभांश बोनश शेयर र नगद लाभांश हाल नभएको भनि जानकारी गराएको छ ।





सम्बन्धित समाचार