PalikaExpress
१० जेष्ठ २०७८, सोमबार
891 पटक हेरिएको

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी संचालक समितिको २०७८ जेठ ७ गते बसेको १०८ औ बैठकको निर्णयानुसार तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। वार्षिक साधारणसभा यही जेठ ३१ गते बोलाएको छ ।बार्षिक साधारण सभा काठमाण्डौमा बिहान १० बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।
यस सभाले आ.व. २०७५/०७६ को वासलात ,नाफा नोक्सान हिसाब ,नगद प्रबाह बिबरण तथा अन्य बित्तीय बिबरण ऊपर छलफल गरी पारित गर्ने छ ।
सोही सभामा बिशेष प्रस्ताब अंतर्गत धितोपत्र दर्ता गरी सेयर साधारण शेयर निष्कासनको विशेष प्रस्ताव अनुमोदन गर्नुका साथै सोही सभाले संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियार दिन स्वीकृत गर्नेछ।