१० जेष्ठ २०७८, सोमबार   174 पटक हेरिएको


image

उदयपुर सिमेन्ट उद्योग लिमिटेडले साधारण शेयर निष्कासन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको २०७७.१२.२७ गतेको १०१२ औ  बैठकले गरेको निर्णयानुसार कम्पनीको २०औं देखि ३३औं वार्षिक साधारण सभा जेठ ३० गते उद्योगको समीक्षाहल, उदयपुरमा  भर्चुअल माध्यमबाट सुरू हुनेछ ।

यस सभामा सञ्चालक समितिको अध्यक्षद्वारा विभिन्न २०औं देखि ३३औं आर्थिक वर्षको वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब , नगद प्रवाह विवरण लगायतका अन्य वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, महालेखा परीक्षकको कार्यालयबाट नियुक्त लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ । त्यसै सभाबाट कम्पनीको ४ अर्ब रहेको जारी पूँजीलाई १० अर्ब पुर्याउने प्रस्ताव पनि विशेष प्रस्ताव रहेको छ । यसै गरी सभाको विशेष प्रस्तावमा ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव रहेको छ । प्रचलित कानून बमोजिम उद्योगको प्रबन्ध पत्र र नियमावली समय सान्दर्भिक संशोधन गर्ने आदि बिषय रहेको छ ।





सम्बन्धित समाचार