१० जेष्ठ २०७८, सोमबार   598 पटक हेरिएको


image

जलबिधुत लगानी तथा विकास  कम्पनी (HIDCL)ले हकप्रद निष्काशनको अनुमति पाएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डले जेठ ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै गत चैत्र १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । 





सम्बन्धित समाचार